दीपेन्द्रले भ्यानकुभर नाइट्सबाट ग्लोबल ट्वान्टी-२० खेल्ने
काठमाडौं- अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल ट्वान्टी-२० क्यानडा खेल्ने भएका छन्।
उनलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो। दीपन्द्रले यसअघि भएको तेस्रो संस्करणको ग्लोबल ट्वान्टी–२० लिग खेलेका थिए। ड्राफ्टमार्फत उनी मोन्ट्रियल टाइगर्समा अनुबन्धित भएका थिए।
वेस्ट इन्डिजका आन्द्रे रसेल, कार्लोस ब्राथवेट तथा शेरफेन रदरफोर्ड र बंगलादेशका शकिब अल हसनजस्ता विश्वप्रसिद्ध खेलाडीले भरिएको टोलीलाई उपाधि दिलाउन उनले महत्तपूर्ण भूमिका खेलेका थिए।
६ इनिङमा २८.६० को औसत र १०२.१४ को स्ट्राइक रेटमा उनले १४३ रन बनाएका थिए। यस्तै, तीन इनिङमा ६ ओभर बलिङ गर्दै २१.०० को औसत र ७.०० को इकोनोमीमा ४२ रन खर्चिंदै दुई विकेट लिएका थिए।
प्रकाशित मिति: शनिबार, असार ८, २०८१ ०९:४७
प्रतिक्रिया दिनुहोस्