Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्योती मगरलाई फ्यानले ‘ब्रा’ किन्दिने!

शनिबार, असार ८, २०८१

काठमाडौं– आफ्नो पहिरनलगायतका विषयमा प्रायः गसिपमा आउने गायिका तथा मोडल ज्योती मगरलाई यतिबेला मेला र महोत्सवमा भ्याई नभ्याई छ। 

कहाँ कार्यक्रम हुँदैछ भन्ने उनले सामाजिक सञ्जालको फोरमबाट पनि बताउने गरेकी छन्। त्यहाँ अनेकथरी सुझाव र कमेन्ट आउने पनि गरेका छन्। 

मगरले हालै मात्र इलामको बसपार्कमा हुने कार्यक्रममा उपस्थित हुने बताउँदै आउनका लागि अपिल गरेको एउटा भिडिओमा अनेकथरी कमेन्ट आएका छन्। त्यसमध्य कतिपयले उनको बस्त्रलाई लिएर आलोचनासहित सुझाव दिएका छन्। 

उनका फ्यानले उक्त भिडिओमा भनेका छन्,‘दीदी हजुरको क्युआर सेन्ड गर्दिनु न, म ब्रा किन्ने पैसा पठाइदिन्छु।’

अर्का फ्यानले भनेका छन्,‘आयोजकलाई सुझाव दिन्छु। त्यहाँ कार्यक्रमबाट उठेको पैसाले उहाँलाई एक जोर भित्री बस्त्र किनिदिनु होला।’

ज्योतीका निम्ति यी खासै आलोचना जस्ता कमेन्ट लाग्दैनन्। किनभने उनको चर्चा नै बस्त्रका कारण भएको छ। 

448761772_8628118447204864_6174517471088839067_n-1719031097.jpg
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्