Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोहितले पहिलो पटक फ्रान्चाइज लिग खेल्ने

शनिबार, असार ८, २०८१

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल पहिलो पटक फ्रान्चाइज टि-२० लिग खेल्ने भएका छन् । रोहितले क्यानडियन ग्लोबल टि-२० लिग टोली टोरोन्टो नेशनल्सबाट खेल्ने भएका हुन् ।

शनिबार बिहान सम्पन्न खेलाडी ड्राफ्टमा रोहितलाई टोरोन्टोले लिन सफल भएको हो । रोहित बाहेक टोरोन्टोमा पाकिस्तानका तीब्र गतिका बलर शाहीन शाह अफ्रिदी समेत रहेका छन् ।

न्यूजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो शेफर्ड र दक्षिण अफ्रिकाका र्यासी भ्यान डर डसन समेत टोरोन्टोमा रहेका छन् ।

यस्तै पाकिस्तानका स्पिनर मोहम्मद नवाज, बंगलादेशमा ऋषाद होसेन, अमेरिकाका आन्द्रेस गुस र क्यानडाका कप्तान साद बिन जफरलाई पनि टोरोन्टोले अनुबन्ध गरेको छ ।

रोहित बाहेक नेपालका सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरी समेत आउँदो सिजनको ग्लोबल टि-२० खेल्नेछन् । यस संस्करणको लिग जुलाई २५ देखि सुरु हुँदैछ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्