Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्जनाको राजीनामाले माउ पार्टीमा ‘भूकम्प’

शनिबार, असार ८, २०८१

काठमाडौं– प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलको राजीनामाले माउ पार्टी राप्रपामा नेता विभाजित भएका छन्। यहि कारण अध्यक्ष राजेन्द्र लिङदेन दबाबमा परेका छन्। 

उनले महामन्त्री राजेन्द्र गुरुङलाई राजीनामा फिर्ता गराउनका लागि अञ्जनासँग संवाद गर्न निर्देशन दिएका छन्।

महिला संगठनमा हुने गरेको असहयोगमा पार्टीले हस्तक्षेप गरी काम गर्ने वातावरण मिलाउनका लागि पनि लिङदेनलाई अन्य नेताले भनेका छन्। 

अञ्जनाको राजीनामा फिर्ता गराउने पक्षमा पशुपति शमशेर राणादेखि कुन्ती शाहीसम्मको पहल छ। रावलले असहयोग भएको भनी साधारण सदस्यतासमेत नरहनेगरी पार्टी छाडेको भन्दै राजीनामा पत्र सार्वजनिक गरेकी थिइन्।

उनको राजीनामा कारण राप्रपामा दुई पक्ष बनिसकेको छ। राजीनामा प्रकरणमा सहजीकरण र हस्तक्षेप नगरे राप्रमामा भूकम्प जाने प्रक्षेपण गरिएको छ।

यो पनि पढ्नुहोस् 

लिङदेनलाई आदर्श ठान्ने अञ्जनाले जिम्मेवारी मात्र होइन, राप्रपा नै किन त्यागिन्?

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्