Nic Ad Nic Ad
Nic Ad Nic Ad

गिरीबन्धुको फाइल खोल्दा पद जान्छ भनेर रवि लामिछानेले फाइल नै खोलेनन् : प्रदीप पौडेल

शनिबार, असार ८, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री जोगाउन गिरिबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल नखोलेको आरोप लगाएका छन् ।

samridhi jewllers

काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौँ ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यो फाइल खोल्दा सरकार ढाल्ने डरले मौन बसेको बताए ।

उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्ने हो भनेर अरु विषयका छानबिन हुन बाँकी छ । तर, गिरीबन्धु टी-इस्टेटको त अदालतले फैसला गरिसकेको छ नि १ भ्रष्टाचारको फाइल खोल्छु भन्नेहरूलाई त्यो फाइल खोल्न के गाह्रो भयो रु अब त्यो फाइल खोल्ने होइन, त्यो खोल्यो भने त अहिलेको गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकारको समर्थन फिर्ता लिन्छ । त्यो भयो भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री जान्छ । भ्रष्टाचारको फाइल खोल्छु भनेको सत्तामा जान हो, सत्तामा गएपछि सत्ता नै ढल्नेगरी फाइल खोल्ने वाला छैन ।’

उनले गृहमन्त्रीको जिम्मेवारीमा बसेको व्यक्तिले सडकमा जस्तो पदको मर्यादा नराखी सदनमा अभिव्यक्ति दिएको बताए ।

 

 

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्