Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन- कांग्रेसलाई कसैले हराउन नसक्नेगरी काम गर्नुहोस्

शनिबार, असार ८, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 

आज नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा उनले सो निर्देशन दिएका हुन् ।


यस्तै चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने बताए । 

उनले भने,  ‘पार्टीमा दण्ड र पुरस्कारको थिति कडाइका रुपमा बसाल्छौं ढुक्क भएर काम गर्नुहोस्।’


 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्