Nic Ad Nic Ad
Nic Ad Nic Ad

हात्तीको  दाह्रासहित ३ जना पक्राउ

शनिबार, असार ८, २०८१

वीरगन्ज– पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले विशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दाह्रा बरामद गरेको हो ।


पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दाह्रा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए । स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमिन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दाह्रा बरामद भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिएका छन ।


हात्तीको दाह्रा ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ । डिभिजन वन कार्यालय पर्साको सहकार्यमा  अनुसन्धान भइरहेको प्रवक्ता भारतीले बताएका छन् ।


 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्