Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफगानिस्तानमा ६० विदेशीसहित २० हजार कैँदी सजाय भौग्दै

शनिबार, असार ८, २०८१

अफगानिस्तानको जेलमा कूल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । देशभरका जेलमा जेलमा हाल एक हजार ५०० महिलासहित २० हजार बन्दी रहेका छन् ।

samridhi jewllers

अफगानिस्तानी जेलमा १० महिलासहित ६० विदेशीलाई थुनामा राखिएको जेल प्रशासन कार्यालयका उपप्रमुख अब्दुल्लाह हमदर्दलाई उदृत गरी टोलो न्यूजले जनाएको छ।

विभिन्न अपराधमा विदेशी कैँदी जीवन बिताइरहेको र कारागारमा कुनै यातना नभएको बरु कैदीलाई सिक्ने र तालिम दिने अवसर रहेको उनले बताए ।

जेल प्रशासनले कैँदीहरूको राष्ट्रियता भने सार्वजनिक गरेको छैन । प्रशासनले अप्रिलमा ४० जना विदेशी थुनामा रहेको रिपोर्ट गरेको थियो ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्