Nic Ad Nic Ad
Nic Ad Nic Ad

फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

शनिबार, असार ८, २०८१

सुर्खेत – डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।

 

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्