Nic Ad Nic Ad
Nic Ad Nic Ad

दमौली अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान

आइतबार, असार ९, २०८१
samridhi jewllers

तनहुँ– सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख रुपैयाँ बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।

कम्पनीका जनसम्पर्क प्रमुख अञ्जन दवाडीले दमौली अस्पतालका प्रमुख डां परिवर्तन बराललाई शनिबार उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा. बरालले जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीले सेवा प्राप्त गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्