टी-२० विश्वकप : अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य
काठमाडौँ -टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको हो । गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे । अरु ब्याटर चलेनन् ।
अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।अफगानिस्तान सुपर-८ को पहिलो खेलमा इन्डियासँग पराजित भएको थियो भने अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ ०८:५९
प्रतिक्रिया दिनुहोस्