कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित
काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को मेक्सिकोले पहिलो जित दर्ता गरेको छ । आइतबार बिहान भएको खेलमा जमैकालाई १–० गोलले हराउँदै मेक्सिको विजयी भएको हो ।
मेक्सिकोका ग्रेरार्डो आर्टेगाले एक गोल गरेका थिए । उनले खेलको ६९औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि निर्णायक बनेको थियो ।
खेलको ५०औँ मिनेटमा माइकल एन्टोनियोले गोल गरे पनि भीएआरले मान्यता नदिँदा जमैका पराजित हुन पुगेको थियो ।
यो जितसँगै पहिलो खेलबाट मेक्सिको तीन अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । समान अंक भएको भेनेजुएला गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । पराजित भएको जमैका अंकविहीन छ ।
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ १०:२०
प्रतिक्रिया दिनुहोस्