Nic Ad Nic Ad
Nic Ad Nic Ad

सचिवालयका कर्मचारीको आन्दोलनबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

आइतबार, असार ९, २०८१

काठमाडौँ - सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तहको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।  


बैठकमा मुख्य सचिव डा. वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन् ।  सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहे पनि सहमति जुट्न सकेको छैन । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्