Nic Ad Nic Ad
Nic Ad Nic Ad

पैसा लिएर पीएचडी उपाधि दिने भारतीय विश्वविद्यालयलाई मुद्दा चलाउन शिक्षामन्त्रीको सिफारिस

आइतबार, असार ९, २०८१

काठमाडौं - शिक्षा मन्त्री सुमना श्रेष्ठले भारतीय विश्वविद्यालय ‘सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटी’ लाई ठगी मुद्दा चलाउन सिफारिस गरेकि छन् ।

पैसा लिएर मानार्थ विद्यावारिधि (पीएचडी) उपाधि दिन लागेको भन्दै उनले आवश्यक कारबाही अघि बढाउन गृह मन्त्रालयमा सिफरिस गरेकी हुन् । रकम लिएको भरमा पुरस्कार तथा उपाधि प्रदान गर्नु ठगी भएको भन्दै उनले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिसकेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

सो विश्वविद्यालयले नेपालमा कार्यक्रम गर्नुअघि शिक्षा मन्त्रालयसँग स्वीृकति नलिई तथा कुनै जानकारी नगराई कार्यक्रम गरेकोमा समेत कारबाही गर्न सिफारिस गरिएको छ । सोक्रेट्स विश्वविद्यालयले शनिबार पर्यटन बोर्डमा एक कार्यक्रम राखी ५१ हजार नेपाली रुपैयाँ लिएर मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने भन्दै प्रचार गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्