Nic Ad Nic Ad
Nic Ad Nic Ad

तारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक ५ हजार प्रोत्साहन भत्ता दिने

आइतबार, असार ९, २०८१

काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु पाँच हजार प्रदान गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिए । नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ ।

 

संविधानले परिकल्पना गरेअनुरुप नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरप्रमुख महर्जनले बताए । लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकारभएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उनको भनाइ छ ।

 

 

नगरप्रमुख महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था गठन गरी व्यावसायिक विकास, सीपमुलक तालिमलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

 

 


 

 

सुनचाँदी व्यवसायमा अहिलेसम्मकै क्रान्तिकारी घोषणा, गहनामा जर्ती हटाएर अब ज्यालामात्रै

नेपालको सुनचाँदी व्यवसायमा अहिलेसम्मकै क्रान्तिकारी कदमको शुरुवात भएको छ। नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष नरेन्द्र गुप्ताले गहनामा जर्ती हटाएर ज्यालामात्रै लिने घोषणा गरेर सुनचाँदी व्यवसायमा अहिलेसम्मकै क्रान्तिकारी कदमको सुरुवात गरेका हुन्। 

यो ऐतिहासिक घोषणा आजदेखि नै कार्यन्वयनमा लगिएको गुप्ताले बताए। आफु संचालक रहेको श्री रिद्दी सिद्दि ज्वेलर्समा आजदेखि नै गहनामा जर्ती नलिएर ज्यालामात्रै लिने अभ्यासको थालनी भएको उनले बताए।  सुनचाँदी व्यवसायलाई नै व्यवस्थित र पारदर्शी बनाउनलाई यस्तो कदमको शरुवात गरिएको गुप्ताले बिजपाटीलाई बताए। 

जर्ती हटाएर ज्यालामात्रै लिने यो घोषणाले गहना खरिदमा लिंदै आएको शुल्कमा एकरुपता र पारदर्शीता हुँदा उपभोक्ता, राज्य र स्वयम् सुनचाँदी व्यवसायीलाई फाइदा पुग्ने उनको दाबी छ । यो क्रान्तिकारी घोषणा आफूबाट शुरु हुँदा केहि सिमित व्यवसायीले आलोचना गरेपनि धेरै सुनचाँदी व्यवसायीले साथ दिएको उनको दाबि छ। 

गहनामा जर्तीको पैसा नलिएर ज्यालामात्रै लिने अभ्यास आफुले आजदेखि सुरुवात गरेपनि विश्वभर ज्यालामात्रै लिने अभ्यास रहेको उनको भनाई छ।  केहि सुनचाँदी पसलेले एक तोला सुनको गहना खरिद गर्दा ५ देखि १० लाल जर्ती र रसायनको नाममा पैसा लिने र नगन्यरुपमा ज्याला शुल्क  लिंदै आएका छन् भने केहि पसलले तोलामा १-२ लाल जर्तीको पैसा लिने र उत्तिकै बराबर ज्याला लिंदै आएका छन्। 

शिर, नाक, कान, घाँटी, नाडी र औँलामा लगाइने १०८ प्रकारका गहनामा व्यवसायीहरुले जर्ती कटाउने गरेका छन् । यो भनेको सुन खरिद गर्ने ग्राहकले गहनाको तौलमा जर्तीको रकम अलग्गै थप गर्नुपर्छ वा जर्ती कटाएर कम तौलको गहना लैजानुपर्छ । 

सुनका गहना बनाउने क्रममा टुक्रिएर नास भई जाने सुनलाई जर्ती भनिन्छ। कति परिमाणको गहना बनाउँदा कति जर्ती नास हुन्छ भन्ने वैज्ञानिक आधार केहि नहुँदा व्यवसायीहरु आफैले आफूखुसी जर्ति र रसायनको शुल्क ग्राहकबाट उठाउदै आएका छन्।




 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्