Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदमा भन्दा डरलाग्दो राजनीति खेल संघहरुमा हुँदो रहेछ : मन्त्री श्रेष्ठ

आइतबार, असार ९, २०८१

काठमाडौँ - युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदमा रहेका समस्या समाधानमा आफू केन्द्रित रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

केही सांसदले खेलकुद परिषदमा पञ्चायती व्यवस्था जस्तो देखिएको भन्ने प्रश्न गरेको स्मरण गर्दै उनले भने, ‘‘हामीले पनि अहिले भोगिरहेका छौँ ।’

मन्त्री भएपछि आफूले केही तीता अनुभव गरेको उनले सुनाए ।

‘दुई तीन वटा मेरो अनुभवहरू अलि तितो पनि छ । खेलाडीको हकहितलाई भन्दा पनि त्यहाँ संघहरुबीचको राजनीति चाहिँ एकदमै डरलाग्दो पनि थियो । यो संसदमा भन्दा डरलाग्दो राजनीति त्यहाँ हुँदो रैछ’ उनले भने ।

पुराना विवादहरू समाधान गरेर बस्नुपरेको उनको दुःखेसो छ । अगाडि भन्छन्, ‘२०४७ साल देखिएका विवादहरू समाधान गरेर बस्नु पर्‍या छ । तर, तपाईंहरुजस्तो विद्वान र अनुभव भएको माननीयज्यूहरूले सुझाव दिनुभयो भने आशा गरौँ अरु हामीले यसलाई छिट्टै नै समाधान गर्न सक्छौँ ।’

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्