Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुद्दा चल्ने भएपछि मुख्यसचिवले भेटे प्रधानमन्त्री

आइतबार, असार ९, २०८१

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्याल र विकल पौडेलसहित कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ ।

उक्त निर्णयका कारण कर्मचारीवृत्त तरंगित भएको छ । अख्तियारले शुक्रबार एक निर्णय गर्दै मुख्यसचिव अर्यालसहित उच्च पदस्थविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा विशेष अदालतमा लैजाने निर्णय गरेको थियो ।

यस्तोमा मुख्यसचिव अर्याललाई मुद्दा विशेषमा पुग्नुअघि नै पदबाट बाहिरिन दबाब परेको छ । मुद्दा दर्ता भएपछि स्वत: निलम्बनमा पर्ने भएकाले उनको बहिर्गमनका लागि अहिले पनि कोसिस भइरहेको छ ।

अर्यालविरुद्ध मुद्दा चलाउने निर्णय भइसकेको जानकारी अख्तियार प्रमुख प्रेमकुमार राईले शुक्रबार नै प्रधानमन्त्रीलाई दिइसकेका छन् । यस्तोमा प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर करिब १ घण्टा छलफल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीले बोलाएर उनलाई पदबाट राजीनामा दिन सुझाएको स्रोतले जनाएको छ । मुद्दा चलिसकेपछि स्वत:निलम्बित हुनुभन्दा राजीनामा दिएर बाहिरिनु उचित हुने राय प्रधानमन्त्रीले अर्याललाई दिएका छन् ।

प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर अर्याल सिंहदरबारस्थित कार्यालय पुगेका थिए । त्यसपछि उनी कार्यालयबाट बाहिरिएका छन् । अहिलेसम्म उनी कार्यालयमा नफर्किएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले  बताए ।
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्