Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रेमिकाले धोका दिएको भन्दै सम्हालिन नसक्दा परिवारमा बज्रपात

आइतबार, असार ९, २०८१

सुनसरी -प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त पार्ने निर्णय लिँदा उनको परिवारमा बज्रपात आइलागेको छ ।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै आइतबार आत्महत्या गरेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ ।

उनले तनावमा आएपछि पहिलो स्टाटस लेख्दै बिहेबारे पनि खुलाएका छन् । ‘म यसको टर्चरका कारण सकिन बस्न, मेरो र सुशीलाको बिहे सुशीलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि सुशीला र यसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको‌ खर्च देऊ भनेर दबाब दिए । गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र, जोर जबरजस्ती हुन्छ, मुद्दा गर्छौँ भनियो । त्यसपछि मुद्दा पनि चलाए । साइबर क्राइममा मुद्दा पनि गरे । त्यसले पनि चित्त बुझेनन। सधैँ तनाव दिन थालियो । अब मैले सकिनँ, यस्तो तनावमा बाँच्न। म आफूले आफैँलाई धेरै सम्हाल्न चाहेँ तर अब सकिनँ’, उनले भनेका छन् ।

त्यसपछि दोस्रो स्टाटसमा उनले आफूसँग प्रेमसम्बन्धमा रहेकी युवतीका तस्बिरसमेत फेसबुकमा राखेका छन् । त्यस्तै उनले अर्को स्टाटसमा पनि विरक्त लाग्दो कुरा गरेका छन् । ‘ल राम्रो सँग बस्नु, तिम्रो लागि सारा संसार छोडेर जाँदै छु’, उनले प्रेमिकातिर लक्षित गर्दै भनेका छन् ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fpermalink.php%3Fstory_fbid%3Dpfbid02WBv7jUxLkL4FuhkBGaFMrAZYumyfwtJdcUeqEW1j8dvQEfMivThcwsWikU5LKtnKl%26id%3D61550999320504&show_text=true&width=500
जसमा उनले लेखेका छन्, ‘यो संसारमा सायद म बसेको तिमी र तिम्रो परिवारलाई राम्रो लागेन, जुन तिमीले मसँग लभ गरेको नाटक गर्‍यौ । तिम्रो परिवारले तिम्रो र मेरो बिहे गरेको नाटक गर्‍यो । बार्गेनिङ गरेर आज मलाई सदाका लागि खत्तम गरेरै छोड्यो’, उनले आइतबार बिहान फेसबुकमा लेखेका छन् ।

प्रेमिकाको फोटोसहित स्टाटस लेखेका उनले त्यसपछि आइतबार बिहानै अर्को स्टाटस लेखेपछि आफूलाई पनि समाप्त गरेका उनका साथी पवन मेहताले बताएका छन् ।

‘सरी आमाबुवा म आफ्नो तनाव सहन सकिनँ, न त तपाईंहरूलाई भन्न सकेँ । म आफूले आफैंलाई धेरै सम्हाल्न चाहेँ । तर अब सकिनँ, सरी सरी’, उनले फेसबुकमा लेखेको अन्तिम स्टाटस हो यो ।

अर्जुन सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ निवासी हुन् । उनी पछिल्लो समय जिल्ला अस्पताल धनकुटामा कार्यरत थिए । ती तीन स्टाटस लेखेको केही समयपछि उनले आत्महत्या गरेका हुन् । उनको यो अप्रिय कदमले वृद्धा आमा मुर्छित भएकी छन्, गाउँमा पनि रुवाबासी चलेको छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्