Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिगो वन व्यवस्थापनमार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिन्छ : मन्त्री सुडी

आइतबार, असार ९, २०८१

काठमाडौं– वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले दिगो वन व्यवस्थापनमार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिने बताएका छन् ।

आफ्नो मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले वनको दिगो व्यवस्थापन, काठ दाउराको उत्पादन वृद्धि र सोमार्फत रोजगारी सृजनाका लागि समुदायमा आधारित वन व्यवस्थापन तथा सरकारद्वारा व्यवस्थित वन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए ।

वन व्यवस्थापन गर्न प्रदेश सरकारमार्फत कार्यान्वयन गर्ने गरी कार्यक्रम प्रस्ताव गरिएको मन्त्री सुडीले जानकारी दिए ।

उनले समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम लागू भएका वन र सरकारद्वारा व्यवस्थित वनबाट काठ दाउराको उत्पादन बढाउने तथा बिक्रीवितरण गर्ने कार्यलाई थप सहजीकरण गर्न हालै वन (दोस्रो संशोधन) नियमावली लागू गरेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्