Nic Ad Nic Ad
Nic Ad Nic Ad

जुम्लाको सिंजामा धमाधम कुपोषित बालबालिका पहिचान

आइतबार, असार ९, २०८१

जुम्ला- जुम्लाको सिंजा गाउँपालिकामा पोषण मैत्री स्थानीय शासन प्रवर्द्धन तथा पोषण अवस्था सुधार गर्न ७ सय २० बालबालिकाको पोषण लेखाजोखा कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रम गाउँपालिकाका हरेक टोल र घरमा ५ दिनसम्म चलाइएको हो । सबै बालबालिका स्वास्थ्य संस्थामा पुग्न नसक्ने भएकाले टोलस्तरमा अभियान संचालन गरिएको हो ।

उक्त कार्यक्रमबाट ७ जना अतिशीघ्र कुपोषित र ४२ जना मध्यम शीघ्र कुपोषित बालबालिका पहिचान गरिएको छ ।

पहिचानपछि अतिशीघ्र कुपोषित बच्चालाई उच्च स्वास्थ्य केन्द्रमा रिफर गर्ने र मध्यम शीघ्र कुपोषितलाइ परामर्श दिइएको छ ।

यस कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय रणनीति तय गरिँदैछ । पेस नेपालले प्लानको वार्षिक कार्यक्रम पोषण मैत्री स्थानीय शासनलाई सिंजा गाउँपालिकामा मुख्य सहयोगीकको भूमिका निर्वाह गर्दै आइरहेको छ

सरकारको विभिन्न पोषण योजना लागु गरेको अवस्थामा पनि बालबालिकाको पोषण अवस्था सुधार हुन सकेको छैन ।

यो अभियानले बच्चा जन्मिँदा कम तौल, विपन्न परिवार, सन्तुलित आहारको अभाव ,स्थानीय खानाको बेवास्ता, किशोरअवस्थामा गर्भवती जस्ता कारण पहिचान गरेको छ ।

यी कारणलाई सम्बोधन गर्न स्थानीय सरकार, सरोकारवाला संघसंथा, अभिवावक, आमा समूह र बालबालिकालाई समेत सक्रिय रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललितजंग रोकायाले बताए ।

पोषणमैत्री स्थानीय शासन प्रवर्द्नन गर्न पेस नेपालले सिंजा गाउँपालिकाको पोषण प्राश्वचित्र, पोषणमैत्री स्थानीय शासन कार्यविधि निर्माण गरिरहेकोकार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्