Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेस प्रदेश : रकमान्तर छानबिन समितिले बुझायो प्रतिवेदन

आइतबार, असार ९, २०८१

जनकपुरधाम– मधेश सरकारको आर्थिक वर्ष २०७९/८० मा गरेको रकमान्तरको विषयमा गठित विशेष संसदीय छानबिन समितिले  सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका उपने-ता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले सभामुख रामचन्द्र मण्डललाई आइतबार प्रतिवेदन बुझाएको हो ।

निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश सरकारको अर्थ मन्त्रालयमा ठूलो मात्रामा भएको अनियमित रकमान्तर विषयमा सत्ता साझेदार नेकपा (एमाले)को माग अनुसार २६ असार २०८० मा प्रदेश सभाले समिति गठन गरेको थियो ।

उक्त समितिमा मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटा दलका एक–एक जना सांसद छन् ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्