Nic Ad Nic Ad
Nic Ad Nic Ad

सम्भवतः पहिलो मुख्यसचिव महिलाको मौका पाउन सक्ने गड्तौला

सोमबार, असार १०, २०८१

काठमाडौं– भ्रष्टाचार प्रकरणमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध अभियोग दर्ता भएपछि स्वतः निलम्बनमा परेका छन्। 

सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने कानुनी प्रावधान रहेको छ। 

मुख्यसचिव अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारीमा छिन्। 

सरकारले चाहेको खण्डमा उनलाई मुख्यसचिव नियुक्त गर्न सक्छ।

यसो भए नेपालका निजामती सेवामा सम्भवतः पहिलो मुख्यसचिव महिला हुने अवसर उनले पाउन सक्नेछिन्। 

मुख्यसचिव बन्नका लागि राजनीतिक पहुँच र चलखेल समेत हुने गरेका छन्। यद्यपि केही नभए गड्तौलालाई रोक्न सक्ने आधार देखिन्न तर सरकारले चाहेको खण्डमा। 

प्रधानमन्त्री कार्यालयमा नै रहेका कारण उनको नियुक्तिको सम्भावना बलियो रहेको छ।

सचिव गड्तौला साढे ३ वर्ष अघि २०७७ कात्तिक गते नेपाल न्याय सेवाको कानून समूहतर्फ सहसचिवबाट सचिवमा बढुवा भएकी थिईन। ५८ वर्षे उमेरहदका कारण गड्तौलाले आगामी भदौ महिनामा अनिवार्य अवकाश पाउनेछिन्।

एक महिनाका लागि भए पनि उनी मुख्यसचिव हुन्छिन् या हुन्नन् भन्ने कुरा मन्त्रिपरिषदको हातमा रहेको छ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्