Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोषराज पोखरेललाई डीआईजीबाट एआईजी बढुवा गर्न सिफारिस 

सोमबार, असार १०, २०८१

काठमाडौं– प्रहरी नायव महानिरिक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ। 

गृह मन्त्रालयका अनुसार प्रहरी प्रधान कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा रहेका पोखरेललाई बढुवा समितिले सिफारिस गरेको हो। 

बढुवा समितिको सदस्य सचिव प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर छन्। 

9da32dab-a0ee-4c45-9f12-ce9917da3d35-1719197794.jpg
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्