कर्मचारी सरुवा अनिश्चितकालका लागि स्थगित
काठमाडौं - सरकारले कर्मचारी सरुवा तत्काललाई स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी तत्कालका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको जानकारी दिएको हो ।
कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरुवासम्बन्धी कार्य स्थगित गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।
पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१ ०८:५९
प्रतिक्रिया दिनुहोस्