Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रियसभा बैठक बस्दै 

सोमबार, असार १०, २०८१

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।


यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्