Nic Ad Nic Ad
Nic Ad Nic Ad

सार्वजनिक यातायातमा  एक महिनाभित्र सीसीटीभी राख्ने व्यवस्था मिलाउन भौतिकलाई गृहको निर्देशन

सोमबार, असार १०, २०८१

काठमाडौं- गृह मन्त्रालयले एक महिनाभित्र सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य सीसीटीभी राख्ने व्यवस्था मिलाउन भनेको छ।

सार्वजनिक यातायातलाई सुरक्षित भनाउन गृहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक महिनाभित्र सीसीटीभी र बसहरूमा सिँडी राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। 

गृहले जेठ १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र काट्दै सार्वजनिक यातायातलाई सुरक्षित तथा अपांगमैत्री बनाउने सम्बन्धमा व्यवस्था मिलाउन निर्देशन दिएको थियो। 

गृहले भौतिकलाई काटेको पत्रमा भनिएको छ, 'सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित तथा अपांगमैत्री बनाउन देहायका व्यवस्था मिलाउन तहाँ मन्त्रालयबाट सर्वाजनिक यातायात सम्बद्ध संघसंस्थाहरूलाई निर्देशन हुन २०८१ जेठ १९ को सचिव स्तरीय निर्णय अनुसार अनुरोध छ।' 

गृहले सवारीसाधनभित्र यात्रुहरूको सुरक्षालाई थप भरपर्दो बनाउन यात्रुहरूमाथि अन्य यात्रुहरूबाट हुन सक्ने दुर्व्यवहारको घटनामाथि निगरानी राख्न सार्वजनिक यातायातमा एक महिनाभित्र सीसीटीभी राख्ने, दोस्रोमा सार्वजनिक यातायातलाई अपांगमैत्री र अशक्तमैत्री बनाउन सार्वजनिक बसहरूमा एक महिनाभित्र अपांगमैत्री र्‍याम्प(सिँडी) राखे व्यवस्था मिलाउन भनेको छ। 

यो निर्णयबारे जानकारी गराउन गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ पत्र पठाएको छ। यसबारेमा केही जिल्ला प्रशासन कार्यालयहरूले ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवालासँग छलफल थालेका छन्। 

griha patra.jpg

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्