Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजदूतका लागि रास्वपाले माग्यो आवेदन, १४ गतेसम्मको समयसीमा

सोमबार, असार १०, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

 रास्वापले पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा रहेको कार्यदलले राजदूत सिफारिस मापदण्ड बनाएको जानकारी पनि दिएको छ । जसअनुसार रास्वपाको तर्फबाट सिफारिस र समन्वयका लागि आवेदनमागेको हो ।

पार्टीले तयार पारेको मापदण्डअनुसार १४ असारभित्र आवेदन दिइसक्न वा सिफारिस गर्न आग्रह गरेको छ । साथै आगामी दिनका लागि रोष्टर पनि तयार पारिने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्