नेभिगेशन
समाज विविध

आज यी  जिल्लाका नदीमा बाढीको जोखिम

काठमाडौं -बाढी पूर्वानुमान महाशाखाले देशका केही साना नदीमा आज आकस्मिक बाढी आउने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार विशेष गरी ११ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।


जसमा पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र रसुवा भई बहने साना नदीमा पानीको बहाव बढ्ने र जोखिम बढ्ने महाशाखाले जनाएको छ ।

झापा, ताप्लेजुङ, इलाम, मोरङ, सुनसरी, सर्लाही, रौतहट, उदयपुर, सिन्धुली, मकवानपुर, गोरखा, धादिङ, तनहुँ, कास्की, लमजुङ, पाल्पा, डोटी, अछाम, बाँके, बर्दिया, जाजरकोट, बझाङ, बाजुरा र दैलेख भई बहने साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।

अबका तीन दिन देशका केही ठूला नदीहरूमा समेत बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ । नदीतटीय क्षेत्रका वासिन्दाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता