Nic Ad Nic Ad
Nic Ad Nic Ad

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

सोमबार, असार १०, २०८१

गुलरिया (बर्दिया) - बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । 

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्