Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजीनामा नदिएपछि अर्याललाई योजना आयोगको जगेडामा लगियो, लिलादेवी कामु मुख्यसचिव

सोमबार, असार १०, २०८१

काठमाडौं– सरकारले भ्रष्टाचार अभियोग लागेका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगको जगेडामा राखेको छ। 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कायममुकायम (कामु) मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयकी बरिष्ठ सचिव लिलादेवी गड्तौलालाई तोकेको छ। 

अब उनले मुख्यसचिवको कामकारबाही गर्नेछिन्। 

अर्यालले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी राजीनामा नदिने बताएका थिए। यो अभियोगबाट मुक्ति पाए अर्याल मुख्य सचिवमा फर्किन सक्छन्। 

सरकारले भदौसम्म सेवाअवधि रहेकी गड्तौलालाई मुख्यसचिवमा पदोन्नती भने गरेन।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्