Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोषराज पोखरेल बन्ने भए नेपाल प्रहरीका ४८ घन्टे एआईजी

सोमबार, असार १०, २०८१

काठमाडौं– प्रहरी नायव महानिरिक्षक (डीआईजी)बाट अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा सिफारिस भएका पोषराज पोखरेल नेपाल प्रहरीमा छोटो अवधिमा अवकाश हुने अधिकारी बन्ने भएका छन्। एआईजीको फूली लगाएको ४८ घन्टामा उनी उमेर हदका कारण सेवा निवृत्त हुनेछन्। 

यहि महिनाको १८ गते एआईजी उमेशराज जोशी ५६ बर्षे उमेर हदाका कारण घर फर्किने भएका छन्। सोही रिक्त पदमा पोखरेलको बढुवा हुनेछ। उनी असार २० गते जोशी जसरी नै घर फर्किनेछन्। 

प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआईजी र डीआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्। पोखरेललाई १० दिन अघि नै बढुवा सिफारिस गर्दै विशिष्ट श्रेणीको अधिकारी अर्थात् एआईजी बनाउन लागिएको हो। 

पोखरेलको दरबन्दी प्रधान कार्यालयको महिला बालबालिका महाशाखामा भए पनि काजमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। 

यसअघि २०७९ जेठ मा पनि वसन्तकुमार लामालाई सरकारले २ दिने एआईजी बनाएको थियो। 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्