Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजदूत बन्न रास्वपाले तयार पारेको ६ मापदण्ड यस्तो छ

सोमबार, असार १०, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूत नियुक्तिको मापदण्ड तयार पारेको छ । शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’तयार पारेको हो ।

कार्यदलले तयार पारेर पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा राजूतका लागि ७ मापदण्ड उल्लेख गरिएको छ । भागबन्डामा दुई देशका लागि राजदूत पाएको रास्वापले मापदण्ड पुगेका इच्छुकले राजदूतका लागि अनलाइन फारम भर्न सक्ने जनाएको छ ।

पहिलो मापदण्डमा नेपालको संविधान, प्रचलित काननू , तथा राजदतू नियक्तिसम्बन्धी निर्दैशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ। जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्नेछ।

त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको हुनुपर्नेछ।

नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरतर्य नरहेको, कालोसूचीमा नपरेको, लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकास लिएको १० वर्ष पूरा भएको हुनुपर्नेछ। त्यस्तै रास्वपाले अन्य योग्यता पनि निर्धारण गरेको छ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्