Nic Ad Nic Ad
Nic Ad Nic Ad

डीआईले विद्यार्थीलाई रबरको पाइपले पिटे, घाइते अस्पताल भर्ना

सोमबार, असार १०, २०८१

इटहरी– झापाको एक विद्यालयका डिसिप्लेन इन्चार्ज (डीआई)ले विद्यार्थीलाई पिटेर घाइते बनाएका छन्। घाइते विद्यार्थी अस्पताल भर्ना भएका छन्। 

झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ का १५ जना विद्यार्थीलाई रबरको पाइपले पिटेको घाइतेले बताए। 

विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले डीआई राखेका मार्सल आर्ट खेल्ने विवेश भण्डारीले विद्यार्थीलाई पिटेका हुन्। 

भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छिया–छिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन्।

कक्षामा होहल्ला गरेको सामान्य कारणमा आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने एक विद्यार्थी अहिले बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।

कुटाई खाने विद्यार्थीका अभिभावकले भण्डारीलाई सशक्त कारबाही गर्न माग गरेका छन्। 

विद्यार्थी कुटने डिसिप्लिन इन्चार्ज अहिले सम्पर्कविहीन भएका छन्। उनको मोबाइल फोन अफ छ। 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्