Nic Ad Nic Ad
Nic Ad Nic Ad

कानुन मन्त्री र संसदका आन्दोलनरत कर्मचारीहरुबीच वार्ता जारी

सोमबार, असार १०, २०८१

काठमाडौँ- कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरुबीच छलफल भइरहेको छ । छलफल संघीय संसद भवन नयाँबानेश्वरमा जारी छ ।

संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समयमा काम गरेको पारिश्रमिक र भत्ता वृद्धिको माग गर्दै आन्दोलनमा छन् । उनीहरुको समस्या समाधानका लागि सरकारले यही असार ९ गते कानुनमन्त्री गिरीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको थियो ।

समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्