Nic Ad Nic Ad
Nic Ad Nic Ad

बचत रकम फिर्ता माग्दै सहकारी पीडितले गरे काठमाडौँमा प्रदर्शन

सोमबार, असार १०, २०८१

काठमाडौँ- बचत रकम फिर्ता माग्दै सहकारी संस्थाका पीडितहरुले काठमाडौँ प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् ।

उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् । प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी छन् । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी छन् ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्