Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी प्रकरणः पीडित बचतकर्ताले औषधि बोकेर काठमाडौंमा गरे प्रदर्शन

सोमबार, असार १०, २०८१

काठमाडौं– सहकारी सञ्चालकले सर्वसाधारणको रकम फिर्ता नगरेको भन्द्र पीडितले काठमाडौंमा सोमबार प्रदर्शन गरेका छन्। 

माइतिघर मण्डलालगायतका ठाउँहरुमा उनीहरूले प्रदर्शन गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आह्वानमा भएको प्रदर्शनमा पीडितले आफूले खाने औषधि समेत ल्याएर प्रदर्शन गरेका हुन्।

बृद्धबृद्धा, युवालगायतका पीडित प्रदर्शनमा सहभागी थिए। सो प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गरेका थिए। 

सम्बोधनका क्रममा केसीले सहकारी ठगको पहुँच सरकारसम्म नै रहेको र कति भागेका सञ्चालक पक्राउ गर्न सरकार उदासिन भएको बताएका थिए। 
सहकारी समस्या समाधान गर्नका लागि संसदीय समिति समेत बनिसकेको छ। तर, उसले तिव्रताका साथ काम गरेको छैन।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि मुछिएको छ। गोर्खा मिडियामा रहेका बेला जीबी राईसँगको पार्टनरसीपमा लामिछाने जोडिएको बताइन्छ। 

जीबी राई पक्राउ नगर्ने र भगाउने उद्देश्यका साथ बयानबाजी दिइरहेको भनी लामिछानेको आलोचना पनि भइरहेको छ। यही क्रममा सहकारी पीडितको यो प्रदर्शन भएको हो।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्