नेभिगेशन
समाज विविध

ओलीलाई चुनौती दिँदै एमालेका जनप्रतिनिधिले बालेनलाई सोधे– सुकुम्बासीका घर कहिले भत्काउने?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका सुकुम्बासी बस्तीमा महानगरपालिकाले हस्तक्षेप गर्ने नीति लिएको बिरोध गरेका थिए। 

त्यति मात्र होइन ति टहरा भत्काएर के हुन्छ? भन्ने प्रश्न समेत गरेका थिए। तर, उनकै पार्टीबाट काठमाडौं महानगरमा जनप्रतिनिधि निर्वाचित भगवान बुढाथोकीले मेयर बालेन शाहलाई सुकुम्बासी बस्ती हटाउनका लागि आग्रह गरेका छन्। 

सोमबार काठमाडौं महानगरको नगर सभामा ३२ नम्बर वडाका सदस्य बुढाथोकीले बालेनलाई सोधे,‘सुकुम्बासीका नाममा बसेका हुकुम्बासीले बनाएका संरचना कहिले भत्काउनुहुन्छ?’

यसअघि सहरको सौन्दर्यता कायम राख्न सरकारीलगायत व्यक्तिका जग्गा नै मिचेर बसेका सुकुम्बासी बस्ती हटाउने अभियान बालेनले चलाएका थिए।

त्यसबेला एमाले नै खरो रुपमा प्रतिरोधमा उत्रिएको थियो। तर एमालेका जनप्रतिनिधि भने डोजर चलाउनुपर्ने पक्षमा प्रस्तुत भएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध