Nic Ad Nic Ad
Nic Ad Nic Ad

एआईजी दीपक थापा कार्यबाहक आईजी, बसन्त कुँवर अमेरिका उडे

सोमबार, असार १०, २०८१

काठमाडौं– नेपाल प्रहरीको कार्यबाहक महानिरिक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापाले पाएका छन्। 

प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा अमेरिकामा हुने कार्यक्रममा सहभागी हुन गएपछि दैनिक प्रशासनिक कामको जिम्मेवारी थापाले पाएका हुन्। 

अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो युनाइटेड नेशनस् चिफ अफ पुलिस समिट (युनकप्स) मा सहभागी हुन सोमबार अमेरिका उडेको छ। 

dsc_0926-1719224108.jpg
 

गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन आईजी कुँवर, सशस्त्र प्रहरी आईजी राजु आर्याल, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)समेत अमेरिका उडेका हुन्। 

गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए। 

उक्त समिटमा शान्ति अपरेशनहरू र द्वन्द्वको सम्भावित क्षेत्रहरू, द्वन्द्व र हिंसा रोक्न र शान्ति दिगो बनाउन, शान्ति अपरेशनहरू र शान्ति प्रवर्तनलाई सुदृढ पार्नेलगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ।

अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्