Nic Ad Nic Ad
Nic Ad Nic Ad

आन्दोलनरत कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

सोमबार, असार १०, २०८१

काठमाडौँ- आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो । सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ । कर्मचारीहरूलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्