Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने

सोमबार, असार १०, २०८१

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताएका छन् । 

अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाका सम्बन्धमा आज गृहमन्त्रालयमा महिला जनप्रतिनिधि र अभियन्तासँगको छलफलमा उनले यसप्रकारका घटना हुन नदिनका लागि प्रभावकारी कदम चालिने स्पष्ट पारे। 

उक्त समितिले कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानुन र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव सरकारकालाई दिनेछ । 

 

सोही समितिको सिफारिसका आधारमा यस्ता कुप्रथा निर्मूल पार्नका लागि सरकारले प्रभावकारी योजना बनाइने उपप्रधानमन्त्री लामिछानेले उल्लेख गरे। 

छलफलमा सांसद तथा अभियन्ताले छाउगोठ भत्काएर मात्रै कुरीति अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताएका थिए । छाउगोठ बनाउनु कानुनी रूपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमुलीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने उनीहरूको सुझाव छ । 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्