Nic Ad Nic Ad
Nic Ad Nic Ad

२१ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘युथ लिडरसिप समिट २०२४’

सोमबार, असार १०, २०८१

 काठमाडाैं - राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासंघको आयोजनामा ‘युथ लिडरसिप समिट २०२४’ सम्पन्न भएको छ ।

नीति संवाद, विषयगत प्रस्तुति, विभिन्न क्षेत्रका ७ प्रदेश एवम् ७७ जिल्लाहरुका युवाको सहभागितामा सम्पन्न समिटले २१ बुँदे ध्यानाकर्षणसहितको घोषणा पत्र जारी गरेको छ ।

असार ८ र ९ गते आयोजना गरिएको समिटले जारी गरेको २१ बुँदे ध्यानाकर्षणसहितको घोषणा पत्र सोमबार सार्वजनिक गरिएको अध्यक्ष नारायण गिरीले जानकारी दिए ।

समावेशिकरणलाई मध्यनजर गरि युवा शब्दले सीमान्कृत समुदाय, मुस्लिम, दलित, दलित महिला, अपाङ्गता भएका युवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, १६ देखि ४० वर्ष उमेर समूहभित्रका एकल महिला र पाँच वर्ष मुनिका बच्चाका आमालाई पनि समावेश गरिनु पर्ने ध्यानाकर्षण पत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ ।

यस्तै हरेक प्रदेशका युवाहरुको संस्थागत रुपमा नै समग्र विकासका लागि प्रदेश युवा परिषद् तथा स्थानीय तहमा पालिका स्तरीय युवा परिषद्को गठनलगायतका आवश्यक संरचनालाई थप सक्रियता गराई नीतिगत व्यवस्थासँगै प्रदेश तथा स्थानीय युवा नीति निर्माण गर्न पहल गरिनुपर्ने पनि समिटको माग छ ।

युवालाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निःशुल्क व्यवस्था गरि सिप÷शिक्षा अनुरुपका रोजगारीको सुनिश्चिितता गर्ने प्रयत्न गर्न र अपाङ्गता भएका व्यक्तिहरुका लागि अपांगमैत्री प्रविधि प्रयोग गरि शिक्षा, स्वास्थ्य, सिप एवं रोजगारीलाई सर्वसुलभ गरिनुपर्ने पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्