टी–२० विश्वकप : अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने भएको छ ।
अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले सुरुमा ब्याटिङ गर्ने भएको हो ।
भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।
सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ २०:२३
प्रतिक्रिया दिनुहोस्