Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहमति भएसँगै गृहमन्त्रीको हातबाट जुस पिएर रुबी खानले तोडिन् अनसन

मंगलबार, असार ११, २०८१

काठमाडौं - सरकारले सुमदरानी थारुको घटनाका आरोपीको खोजीलाई तीव्रता दिने सहमति गरेको छ । पाँचबुँदे सहमतिसँगै आमरण अनसनरत रुबी खानले आसन तोडेकी छन् ।


बर्दियाको सुमदरानीको बलात्कारपछि हत्या भएको भन्दै परिवारले जाहेरी दिएको छ । आरोपितविरुद्ध पक्राउ पूर्जी जारी भएपनि हालसम्म पक्राउ परेका छैनन् ।


निर्मला कुर्मीको अपहरण तथा हत्या, सुमदरानीको बलात्कारपछि हत्या घटनामा प्रहरीको छानबिनमाथि प्रश्न उठाउँदै खानले अनसन थालेकी थिइन् ।

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी नेतृत्वको टोलीले गरेको वार्तामा पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै साेमवार राति गृहमन्त्री रवि लामिछानेले जुस पिलाएर खानको अनसन तोडाएका छन् ।

प्रतिक्रिया दिनुहोस्