Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहसचिव हमालको संयोजकत्वमा छाउपडी समिति गठन

मंगलबार, असार ११, २०८१

काठमाडौँ -सहसचिव गोगन हमालको संयोजकत्वमा छाउपडी समिति गठन भएको छ । गृह मन्त्रालयले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ई. गोगन बहादुर हमालको संयोजकत्वमा चार सदस्यीय छाउपडी सम्बन्धी विगत, वर्तमान र भावी कानुनी नीतिगत सुधार र कार्यान्वयन सम्बन्धी समिति गठन गरेको हो ।

एक महिना समयावधि दिइएको उक्त समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला विकास मन्त्रालय र नेपाल प्रहरीको महिला सेल हेर्ने डीएसपी सदस्य रहेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्