Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी १५ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

मंगलबार, असार ११, २०८१
samridhi jewllers

काठमाडौं - बाढी पूर्वानुमान महाशाखाले आज देशका १५ जिल्लाका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको बताएको छ ।

महाशाखाले सूचना जारी गर्दै इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, पाल्पा, रुपनदेही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको हो ।साथै महाशाखाले ती नदी तथा खोलामा बाढीको जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रमा रहने वासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्