Nic Ad Nic Ad
Nic Ad Nic Ad

समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल

मंगलबार, असार ११, २०८१


काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुई देशबीचको समझदारीबाटै बुझ्ने पहल भइरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले ईपीजी प्रतिवेदनको विषयमा प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रश्न गरेका थिए ।


जवाफमा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूले भारत भ्रमणमा जाँदा यो विषयलाई गम्भीर रूपमा उठाएको बताए ।

‘ईपीजी प्रतिवेदनबारे भारत भ्रमणमा जाँदा गम्भीर रूपले उठाएको कुरा सम्मानित सदनलाई राखेको छु । हाम्रो कोसिस सरकारको अझै पनि समझदारीबाट यो प्रतिवेदन बुझ्नेतिर नै पहल भइरहेको जानकारी गराउँछु’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने ।

नेपाल भारत सम्बन्धका विभिन्न विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न दुई देशको समझदारीमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन भएको थियो । ईपीजीले प्रतिवेदन तयार पारेको ५ वर्ष पूरा भइसकेको छ, तर सार्वजनिक भएको छैन ।

पहिले भारतका प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने समझदारी भएकामा भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण ईपीजीले प्रतिवेदन बुझाएको छैन ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्