Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनसरीको बुढी खोलाको बाढीले सतर्कताको तह पार गर्‍यो, सतर्क रहन अनुरोध

मंगलबार, असार ११, २०८१

काठमाडौँ - सुनसरीको बुढी खोलाको बाढीले सतर्कता

को तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी अझै बढ्दो क्रममा रहेकाले आज साझँसम्म सतर्कता अपनाउन भनेको छ ।

कोशी बेसिनको चतरा क्षेत्रमा गत २४ घण्टामा १७३.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी झापाको अनारमनीविर्तास्थित कन्काइ नदीमा पनि गत २४ घण्टामा १३९.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

आज ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र ती जिल्ला आसपास भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिमसमेत रहेकाले सतर्क रहन पनि मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्