Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग

मंगलबार, असार ११, २०८१


काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् ।

samridhi jewllers

मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीले रविलाई गृह मातहत राख्न माग गरेको खुलाए ।


‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय (राष्ट्रिय अनुसन्धान विभाग) चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ । यसमा एउटा राजनीतिक समझदारी बनाएपछि त्यसो गर्न सकिँदैन भन्ने मलाई लाग्दैन’, उनले भने ।

तर विश्वका अरू देशमा पनि गुप्तचर निकाय मुलुकको प्रमुख कार्यकारी मातहत रहने अभ्यास रहेको प्रधानमन्त्रीले बताए ।

राष्ट्रिय सुरक्षा एकदमै पेचिलो र संवेदनशील विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसमा सूचनाको प्राप्ति र विश्लेषण महत्त्वपूर्ण भएको हुँदा त्यसको संवेदनशीलता र सुरक्षा व्यवस्थापनको प्रभावकारिता मध्यनजर गरी राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको बताए ।

‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा गुप्तचर संयन्त्र कार्यकारी प्रमुख अन्तर्गत रहने अभ्यास रहेको देखिन्छ । नेपालमा पनि यस विषयमा अध्ययन विश्लेषण गरी यस्तो व्यवस्था गरिएको हो’, उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्