Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारमा रहेकालाई सहकारी ठगी र गिरीबन्धुमा आफ्ना अध्यक्षलाई जोगाउने चिन्ता छः कांग्रेस महामन्त्री 

मंगलबार, असार ११, २०८१

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारमा रहेकाहरुलाई आफ्ना अध्यक्षहरुलाई जोगाउने भन्दा अरु चिन्ता नरहेको बताएका छन्। 

कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघको कार्यक्रममा सम्बोधन गर्ने क्रममा शर्माले रास्वपालाई सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोगाउने चिन्ता रहेको बताएका हुन्। 

यसैगरी गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउने चिन्तामा एमाले छटपटिएको शर्माले बताए। यी दुवैलाई नजोगाए सरकारमा रहने गणित जोगाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्को चिन्ता रहेको शर्माले बताए।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्