Nic Ad Nic Ad
Nic Ad Nic Ad

सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ : देउवा

मंगलबार, असार ११, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।

मंगलबार काठमाडौँFमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
 

उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए । उनले आदिवासी जनजातिहरू एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरू पनि संरक्षण गर्न सकिने बताए ।

‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । दाजुभाइहरू हुनुहुन्छ । अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ । त्यसकारण तपाईँहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्’, देउवाले भने, ‘यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाईँहरू आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

सभापति देउवाले आदिवासी, जनजातिका मागहरू सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्